समाचार
पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता
बसन्त पञ्चमी तथा सरस्वती पूजाको सुअवसर पारेर यस पालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने गरी पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय रागेचौरले प्रथम स्थान हासिल गरी रकम रु. १५००० तथा प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसै गरी दोस्रो स्थान हासिल गरी बुद्ध जनकल्याण माध्यमिक विद्यालय, बडागाउँले रकम रु. १०००० तथा प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसै गरी तेस्रो स्थान हासिल गरी जनकल्याण माध्यमिक विद्यालय, बडागाउँले रकम रु. ५००० तथा प्रमाणपत्र हात पार्न सफल भएको छ । सो प्रतियोगितामा कुमाख गाउँपालिकाका उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, योजना तथा अनुगमन अधिकृत मान बहादुर रावत, ६ नम्बर वडाध्यक्ष श्री कर्ण बहादुर बि.क., रोजगार संयोजक श्री जीवन शर्मा, शिक्षा शाखा प्रमुख श्री दीपक कुमार चन्द, ३ नम्बर वडा सचिव श्री निराजन केसी लगायत कर्मचारीहरु र बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।
बिजेता तथा सहभागिता सबैलाई हार्दिक
बधाई तथा धन्यवाद।