समाचार
कुमाख गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ ओँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।
कुमाख गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ ओँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।
उक्त गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीले गर्नु भएको थियो भने प्रमुख अतिथि सल्यान जिल्ला प्रदेश सभा (ख) सदस्य मा. सुरेश अधिकारी, अतिथि गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगाएत गाउँ कार्यपालिकाका कर्मचारीहरु उपस्थिति रहेको थियो ।
गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ।आइतवार सम्पन्न हिउँदे गाउँसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको छ । समग्र गाउँपालिका विकासको लागी टुक्रे बजेट विनियोजन गर्ने खाले योजनाहरू अघि नसार्न गाउँपालिका भित्रका वडा अध्यक्षहरूलाई गाउँपालिका अध्यक्षले अनुरोध गर्नु भएको छ ।
टुक्रे बजेटले प्रभावकारी विकास नहुने भएकाले महत्त्वपूर्ण प्रभावकारी योजनाहरू अगाडी बढाउनु पर्ने बताउनुभयो । गाउँपालिका प्रमुख बुढाथोकीले वडा अध्यक्ष, कार्यपालिका र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन पनि दिनु भएको थियो ।
उपाध्यक्ष लाल बहादुर रावतले स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम गर्नुपर्नेमा सबैले जोड दिनु पर्ने बताउनु भएको थियो ।
विभिन्न योजनाहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विशेष अनुदान योजना मागका लागि पहल गर्ने बताउनु भएको थियो ।
यस गाउँसभाबाट गाउँपालिका शिक्षा समिति पनि गठन भएको छ ।यस गाउँ सभाको सञ्चालन योजना अधिकृत श्री मान बहादुर बुढथोकीले गर्नु भएको थियो ।