FAQs Complain Problems

कुमाख गाउँपालिका चौथो हिउदे गाउँ सभा सम्पन्न ।

कुमाख गाउँपालिकाको चौथो गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ ।
आइतबार सम्पन्न हिउँदे गाउँसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख दिलमाया बुढामगरले बताउनु भयो । उहाँले समग्र गाउँपालिका विकासको लागी टुक्रे बजेट विनियोजन गर्ने खाले योजनाहरू अघि नसार्न गाउँपालिका भित्रका वडा अध्यक्षहरूलाई अनुरोध गर्नुभएको छ ।
टुक्रे बजेटले प्रभावकारी विकास नहुने भएकाले महत्त्वपूर्ण प्रभावकारी योजनाहरू अगाडी बढाउनु पर्ने बताउनुभयो। गाउँपालिका प्रमुख बुढामगरले वडा अध्यक्ष, कार्यपालिका र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन पनि दिनु भएको थियो ।
साथै उपाध्यक्ष डिल्लीराज जैसीले गाउँपालिका स्तरीय शिक्षा, खेलकुद, कृषि, स्वास्थ्य, खानेपानी, बिधुत देखि चालु आर्थिक वर्षको हाल सम्म कार्यपालिका तथा अन्य विषयगत समितिहरूबाट भएका निर्णयहरू सभामा प्रस्तुत गर्नु भएको थियो ।
गाउँ सभाका सदस्यहरूले गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरि) बाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन गर्दै विगत ६ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राख्नुका साथै स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम गर्नुपर्नेमा सबैको जोड रहेको थियो ।

विभिन्न योजनाहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विशेष अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्नका लागी अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

आर्थिक वर्ष: