FAQs Complain Problems

कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री विनाेद अधिकारी र लेखापाल शेर बहादुर थापालाई एक कार्यक्रम बिच बिदाई गरिएको छ

कुमाख गाउँपालिलका प्रमुख प्रशासकीय अधिकृत श्री विनोद अधिकारी र लेखापाल शेर बहादुर थापालाई एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

बिगत १२ महिना देखि कुमाख गाउँपालिलका प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी र लेखापाल शेर बहादुर थापा नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका प्रमुख, दिलमाया बुढामगरले बिनोद अधिकारी र लेखापाल शेर बहादुर थापा जस्तै कार्यकारी र लेखापाल पाउनु, कुमाख गाउँपालिलकाको सौभाग्य भएको बताउँनु भयो ।
उहाँले कुमाख गाउँपालिका  समृद्धिका लागी १२ महिनामा महत्त्वपूर्ण भुमिका खेलेको बताउँनु भयो ।  कुमाख गाउँपालिका  रहदा कर्मचारीको पदमा  रहेता पनी,एउटा सक्षम जनप्रतिनिधिको भुमिकामा रहेको बताउनु भयो । गाउँपालिकाको सम्पुर्ण पक्षको अध्ययन गरेर कुन ठाउँमा कस्तो खाले योजनाको आवश्यकता छ र त्यसलाई कसरी अगाडी लैजानु पर्छ भन्ने बारे दिघकालिन योजना तय गर्नमा उहाँ धेरै अगाडी रहेको बताउनु भयो
गाउँपालिका प्रमुख बुढामगरले आगामी दिनहरुमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल  जस्ता इमानदार,कर्तब्यनिष्ठ ,दुरगामी योजना सहितका अधिकृत र लेखापलको आवश्यकता रहने बताउनु भयो ।

कार्यक्रमका अतिथि तथा कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले विनोद अधिकारी र शेर बहादुर थापाको कार्यशैलीले, आफु मात्र नभएर सिङ्गो  गाउँ बासिहरुमा राम्रो छाप छोडन सफल रहेको बताउनु भयो । योजना तर्जुमा गर्दा गरेको सहयोग मात्र नभएर अन्य विभिन्न कार्यमा पुर्याउनु भएको सहयोगले उहाँले समय अनुसारको काम गर्न सक्ने खुबि रहेको बताउनु भयो ।

 

आर्थिक वर्ष: